रामेछापका तीनसहित ६ जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित



१८ फागुन, रामेछाप ।
कृषि क्षेत्रमा राम्रो काम गर्ने रामेछापका तीन जनासहित ६ जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । लामो समदेखि निरन्तर रुपमा व्यवसायिक रुपमा कृषि कर्ममा सक्रिय रहदै आएका रामेछापका तीन र दोलखा जिल्लाका तीन जना गरी ६ जना कृषकलाई सम्मान गरिएको हो ।
विहिवार सदरमुकाम मन्थलीमा कृषि ज्ञान केन्द्र रामेछापले आयोजना गरेको कार्यक्रममा रामेछाप उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारका साङ्गे लामा, दोरम्बा शैलुङ गाउँपालिका–७ का कवीन्द्र कुमार मोक्तान र मन्थली नगरपालिका–९ पुरानागाउँका शिवरण बोहरालाई नगदसहित सम्मान गरिएको छ । त्यसैरी दोलखाको जिरी नगरपालिका–७ का किरण बहादुर खड्का, शैलुङ गाउँपालिका–३ का नारायण श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नं ६ का बलबहादुर थामीलाई पनि सम्मान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्