महिलालाई हेर्ने परम्परागत सोच बदल्न आवश्यक छः उपाध्यक्ष घिसिङ



२४ फागुन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले महिला आन्दोलनलाई अघि बढाउन परम्परागत सोच बदल्न आवश्यक रहेको बताएकी छिन् । उनले संविधान र कानुनले महिलाई अधिकार दिए पनि व्यवहारमा अझै लागू हुन नसकिरहेको बताउदै परम्परागत सोच परवर्तन गरेर मात्र अधिकार स्थापित गर्न सकिने बताए ।
११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामेछाप न्युजसँग कुराकानी गर्दैै उपाध्यक्ष घिसिङले अहिले पनि सामाजिक रुपमा महिलाहरुबीच नै बेमेल रहेको बताइन । उनले भनिन,‘शिक्षा क्षेत्रमा परिवर्तन गरेर मात्र अहिले समाजमा रहेको परम्परागत विचारलाई परिवर्तन गर्न सकिन्छ  ।’
आर्थिक, सामाजिक रुपमा महिलाहरु पछि रहेको बताउदै गाउँपालिकाले महिलाहरुको आर्थिक अवस्था माथि उकास्नको लागि क्षमता अभिबृद्धिको कामलाई ध्यान दिएको उनले बताइन । महिलाहरुकैबीचमा एकता हुन नसक्दा महिलाहरु अझै पछाडि पर्दै आएको बताउदै आफ्नो हक अधिकार प्राप्त गर्नका लागि महिलाहरु नै एकीकृत रुपमा अघि बढनु पर्ने बताउदै उपाध्यक्ष घिसिङले महिलाहरुको बीचमै एकरुपता नआउदासम्म महिला मुद्दा अघि बढन नसक्ने बताइन ।

प्रतिक्रिया दिनुहोस्