लिखु तामाकोसी गाउँपालिका पनि मनाइयो नारी दिवस (फोटोफिचर)



२४ फागुन, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी ११३ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । गाउँपालिकाको केन्द्र धोवी बजारमा र्यालीसहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । महिला शसक्तिकरणका लागि पालिकाभित्र विभिन्न समुहमा रहेका महिलाहरुबीच महिला सम्बन्धि लोक गायन र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिनले आफ्नो हक अधिकारको लागि महिला स्यंम नै अघि बढनु पर्ने बताइन । उनले महिलाहरुको सीप विकास र क्षमता अभिबृद्धिको लागि पालिकाले काम गर्ने प्रतिबद्धता जनाउदै आर्थिक जीवनस्तर माथि उकास्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइने बताइ ।
कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न १० वटा महिला समुहहरुबीच भएको प्रतिगोगितामा रेखा दाहाल नेतृत्वको आमा समुह सञ्जाल सैपुले प्रथम स्थान हासिल गर्दै नगद १० हजार, उषा कार्की नेतृत्वको त्रिदेवी स्वास्थ्य आमा समुह तिल्पुङ द्धितिय हुँदै ७ हजार र चण्डीका पौडेल नेतृत्वको प्रगतिशिल आमा समुह सैपु तृतिय हुँदै ५ हजार पुरस्कार पाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्