रामेछापमा तीन बर्षमा ५६ वटा जबरजस्ती करणीका घटना



२४ फागनु, रामेछाप ।
रामेछाप जिल्लाभित्र महिलामाथि जबरजस्ती करणीको घटना बढदै गएको तथ्याङले देखाएको छ । रामेछापमा पछिल्लो तीन बर्षको अवधिमा मात्र जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग अन्तर्गत ५६ वटा उजुरी जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएको छ ।

आर्थिक बर्ष २०७७।७८ मा जबरजस्ती करणीमा १६ र जबरजस्ती करणी उद्योगमा ७ वटा, ०७८।०७९ मा जबरजस्ती करणीमा १७ र जबरजस्ती करणी उद्योगमा ७ वटा र यस चालुृ आर्थिक बर्षमा जबरजस्ती करणीमा ८ र जबरजस्ती करणी उद्योगमा ३ वटा उजुरी दर्ता दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीलेले दर्ता भएको अधिकाशं घटनामा दोषीलाई पक्राउ गरेर कानुन अनुसार कारवाही अघि बढाइएको रामेछाप न्युजलाई बताए । जबरजस्ती करणीको घटना न्यूनिकरण गर्नको लागि सामाजिक रुपमा सचेतनाको खाँचो रहेको बताउदै उनले स्थानीय तहले पनि अभियानकै रुपमा गलत काम रोक्नका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्