गणतन्त्र नेपालको चौथो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी



२५ फागुन, काठमाडौं ।
गणतन्त्र स्थापना भएपछिको चौथो राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ । जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे । उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानको रक्षा र राष्ट्रिय एकता बलियो बनाउनको लागि भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी ९नाउपा०, जनमोर्चा, नेसपा र आम जनता पार्टी पौडेललाई खुलेर समर्थन गरेका थिए । बिहीबार मतदानअघि बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पनि पौडेलको पक्षमा उभियो । नेम्वाङलाई भने एमाले बाहेकका दलको साथ पाएको देखिएन ।

प्रतिक्रिया दिनुहोस्