मन्थली क्याम्पको स्ववियु सभापतिका लागि भट्टराई र कार्कीको उम्मेदवारी दर्ता



२७ फागुन, रामेछाप ।
रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनकामा सभापतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी चैत्र ५ गते हुने लागेको स्ववियु निर्वाचनका लागि मन्थली क्याम्पसको स्ववियु सभापतिका लागि नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराई र सत्ता गठबन्धनको तर्फबाट नेविसंघका अविनाश कार्कीले आज उम्मेदवारी दर्ता गराएका हुन् । अनेरास्ववियुबाट स्ववियु सचिवमा सुशील थापा र कोषाध्यक्षमा विनीता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छिन् ।

त्यसैगरी गठबन्धनबाट सचिवमा क्रान्तिकारीका तेज बहादुर श्रेष्ठ, कोषाध्यक्षमा एकीकृत समाजवादी निकट विद्यार्थीकी नेतृ कविता खरेललाई उम्मेदवार बनाएको छ । स्ववियु निर्वाचनको मतदान चैत ५ गते हुनेछ । चुनावका लागि क्याम्पसमा ७ सय १४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्