रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा नविन थापामगरको प्यानल नै विजयी



२८ फागनु, रामेछाप ।
रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा नविन थापा मगर विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार दिएका थापा मगरसहित प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित थापामगरले ६७१ मत प्राप्त गर्दा उनका निकटकतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा राम सुदिश साह सोनार, उद्योग उपाध्यक्षमा आकाश रिजाल महासचिवमा कुमार श्रेष्ठ, सचिवमा यज्ञप्रसाद सुवेदी, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्