रामेछापको महत्वपूर्ण तीन सडक कालोपत्रे हुने



२ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाभित्रको रणनैतिक रुपमा महत्वपूर्ण मानिएका तीन सडक कालोपत्रे गर्नका खरिद गुरु याेजना स्वीकृत भएको छ । बागमती प्रदेशको बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले रामेछापका प्रमुख सडक मार्ग विस्तार तथा कालोपत्रेको लागि बजेटसहित बहुबर्षिय योजना स्वीकृत गरेको हो ।

मन्त्रालयले सदरमुकामबाट स्थानीय तहको प्रमुख सडकहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । गोकुलगंगा र लिखु तामाकोसी गाउँपालिकामा हाल सञ्चालनमा रहेका सडकलाई स्तरउन्नती एवं कालोपत्रे गर्ने काम यसै बर्षबाट अघि बढाउने मन्त्रालयले जनाइएको छ ।रामेछाप प्रदेश क का सांसद तारानारायण श्रेष्ठको पहलमा बर्षौदेखि अलपत्र पर्दै आएका मुख्य सडकलाई कालोपत्रे गर्ने अघि बढन लागेको हो । 
मन्त्रालयका अनुसार लिखु तामाकोशी गाउँपालिकाको हलेदे–धोबी सडक खण्ड लागि २० करोड, लिखु कोरिडोरको लागि २० करोड र गोकुलगंगा गाउँपालिकोको रस्नालु–ठोसे सडकको लागि २० करोड बजेट स्वीकृत भएको गरिएको छ ।

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले गाउँपालिकाको रणनैतिक रुपमा महत्वपूर्ण मानिएको करिब सडक कालोपत्रे गर्नका लागि बहुबर्षिय योजना अन्र्तगत काम सुरु हुनु सुखद विषय भएको बताए । उनले भने,‘यस सडक निर्माणका लागि लामो समयदेखि प्रतिक्षा हुँदै आएको थियो, हाम्रो पहलमा काम अघि बढने भएको छ, बागमती प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ उनका अनुसार यस सडक निर्माण हुँदा रामेछाप जिल्लालाई मात्र नभई ओखलढुङ्गा जिल्लावासीलाई पनि धेरै सहज हुनेछ ।
बागमती प्रदेश सरकारबाट हाल रामेछापमा विभिन्न सडक निर्माणाधिन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्