मन्थलीमा पैसाको झोला चोरेर भाग्दाभाग्दै माझी पक्राउ



३ चैत्र, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–१ एयरपोर्ट नजिकै खेतमा काम गर्ने क्रममा राखेको पैसाको झोला चोरेर भाग्दाभाग्दै एक व्यक्ति पक्राउ परेका छन् । मन्थली नगरपालिका करमबोट घर भई एर्यरपोर्ट नजिकै खेतमा काम गर्ने क्रममा मन्दिरा खत्रीले आफूसँग भएको पैसा झोलामा राखेर खेतमा काम गर्दै गर्दा झोला टिपिरे फरार भएका व्यक्ति पक्राउ परेका हुन् ।

झोला लिएर फरार भएका मन्थली करमबोट बस्ने बर्ष २० का पुस्कर माझीको बारेमा खत्रीले प्रहरीलाई जानकारी गराएका थिइन । जानकारी प्राप्तसँगै खटिएको प्रहरीले झोलामा रहेको १२ हजार ५ सय रुपैयाँसहित जखनिटारबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ परेका माझीको बारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्