सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगिताः कुलुङ बने प्रथम



४ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक र पयर्टकीय क्षेत्रको प्रबद्र्धन गर्ने मुख्य उदेश्यसहित आज रामेछाप जिल्लामै पहिलो पटक भएको सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतमा ५५ किलोमिटर दौडमा सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । उनले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए ।
सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका थिए । प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो धावक दुर्गाराज बुद्ध तृतीय भएका छन् ।
त्यसैगरी २५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन भने मोहन देव जोशीले जितेका छन् । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । उक्त म्याथनमा देवराज महतराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा उक्त दुरी पूरा गरेका थिए भने तृतीय स्थान होमलाल श्रेष्ठले हासिल गरेका थिए । उनले उक्त दुरी ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा पूरा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्‌ले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सचिव टंकलाल घिसिङलगायतले शुभारम्भ गरेका थिए । त्यसैगरी सुनापतिबाट सुरु भएको दौड प्रतियोगिता पर्यटकीय क्षेत्र शैलुङ्गमा साँझ समापन भएको छ । प्रतियोगितालाई सांसद कान्छाराम तामाङ र सदस्य सचिव घिसिङले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्