रामेछापमा गिरिजाप्रसाद कोइरालाको सम्झना



७ चैत्र, रामेछाप ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवस मनाएको छ । गिरिजाप्रसाद कोइराला (जिपी)फाउन्डेसनद्धारा आज मन्थलीमा आयोजित कार्यक्रममा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले गरेको कामको स्मरण गरियो । सो कार्यक्रमा फाउण्डेसनले मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस मन्थलीका नवनिर्वाचित स्ववियु पदाधिकारीलाई सम्मान समेत रहेको छ ।
फाउन्डेसनका अध्यक्ष दीपक खड्काले गिरिजाप्रसाद कोइराला एक शिखर व्यक्ति भएको बताए । नेपाली राजनीतिमा योगदान गर्ने दुई दर्जन बढी प्रमुख शीर्ष व्यक्तिको नाममा फाउन्डेसनहरू खोलिए पनि ती संस्थाहरू चलायमान हुन नसकेको उनले बताए । कांग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्काले जिपी फाउन्डेसन अरू भन्दा चलायमान रहेको भन्दै आगामी दिनमा झन प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्