रामेछापका सिडियो रेग्मीको ६ महिनामै सरुवा



१२ चैत्र, रामेछाप ।
रामेछापको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको सरुवा भएको छ । छ महिना अघि मात्र रामेछापको सिडियो भएर आएका रेग्मीको गृह मन्त्रालयले सरुवा गरेको हो ।

गत १२ असोज २०७९ मा रेग्मी एक बर्ष नपुग्दै गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम तथा नियुनिकरण प्राधिकरणमा सरुवा गरेको छ । छ महिनाको अवधिमा रामेछाप जिल्लाभित्र पूर्वाधार निर्माणदेखि सेवा प्रवाहमा सुधार गर्ने कार्यमा रेग्मीले भूमिका निर्वाह गरेका थिए । सरुवा भएका सिडियो रेग्मीको आइतवार एक कार्यक्रमकोबीच रामेछापबाट विदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्