युवा कवि परियारको कविता ‘फर्क आफ्नै देश’ पाठयपुस्तकमा समावेश



काठमाडौं ।
कवि विक्रमपवन परियारद्धारा लिखित फर्क आफ्नै देश’ कक्षा ८ को नेपाली पाठयपुस्तकमा समावेश भएको छ । रामेछाप सुनापति गाउँपालिका–४ बेथान घर भएका कवि परियारको कविता पाठ्यपुस्तमा समावेश भएको हो । यस कवितालाई नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय पाठक्रम विकास केन्द्र कक्षा ८ को नेपाली पाठयपुस्तकमा समावेश गरेको छ ।

 

यसअघि सो कविता ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा देशभरबाट छनौटको लागि परेका कविता मध्ये प्रथम हुन सफल थियो । यसअघि पनि परियारले कविता विविध विधामा पुरस्कृत भइसकेका छन् । परियारका २०६८ सालमा ‘जलेको मुटु’ गजल संगह, २०७१ मा खण्डकाव्य, आधा दर्जन गीत रेकर्ड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्