उपसभापति कार्कीलाई कार्यबाहक सभापतिको जिम्मेवारी



१३ चैत्र, रामेछाप ।
नेपाली कांग्रेसका पार्टी सभापति एवं रामेछापका प्रतिनिसभा सदस्य पूर्णबहादुर कान्छामले आफू विदेश भ्रमणमा जाने भएकाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति लेखबहादुर कार्कीलाई दिएका छन् । आफ्नो अनुपस्थितिमा पनि पार्टीको कामलाई अघि बढाउन उनले कार्यवहाक सभापतिको जिम्मेवारी कार्कीलाई दिएका हुन् ।
कान्छारामले लेखेको पत्रमा भनिएको छ,म, सभापति विदेशबाट फिर्ता नआउँदा सम्मको लागि कार्यवाहक सभापति भएर जिम्मेवारी निर्वाह गर्नु होला ।’

उनले आज आफू अष्ट्रेलिया जान लागेको बताउदै रामेछाप न्युजसँग भने,‘दस दिनमा फर्कन्छु, यो मेरो पारिवारिक भ्रमण हो ।’

प्रतिक्रिया दिनुहोस्