रामेछापको आधा दर्जन स्थानमा आगलागी, स्थानीय चिन्तित



१३ चैत्र, रामेछाप ।
रामेछापका आधा दर्जन बन क्षेत्रमा आगलागी भएको छ । रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको विभिन्न बन क्षेत्रमा आगलागी भएको हो । केही दिनयता मन्थली नगरपालिकाको सुनारपानी, कठजोर चिसापानी लगायतका क्षेत्रमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

रामेछाप जिल्लाकै नमूनाको रुपमा परिचित बिटार पार्क नजिकै जगंलमा पनि आगलागी भएको छ । सुख्खायाम र हावाहुरी चलेसँगै विभिन्न जंगल क्षेत्रमा आगलागी सुरु भएको घटनालाई स्थानीयले अपराधिक समुहको संलग्नता हुन नसक्ने आंशका  गरेका छन् । । गत बर्ष पनि जिल्लाको विभिन्न ठाउँमा आगलागी भएको थियो । आगलागीको घटना बढदा स्थानीय चिन्तित भएका छन् ।

मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले नगरपालिकाभित्र विभिन्न ठाउँमा लागेको आगो नियन्त्रणमा आउन नसकेको रामेछाप न्युजलाई बताए । उनले नगरपालिकासँग भएको दमकलसहित नेपाली सेना र नेपाल प्रहरी र शसस्त्र प्रहरी बलसहित स्थानीयले आगलागी नियन्त्रणको लागि प्रयास गरेपनि सफल हुन नसकिरहेको बताउदै सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्