रामेछापको गाउँगाउँमा संगठन विस्तारमा एकीकृत समाजवादी (फोटोफिचर)



१४ चैत्र, रामेछाप ।
नेकपा एकीकृत समाजवादी संगठन विस्तारमा जुटेको छ । एकीकृत समाजवादी रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, पोलिटब्यूरो सदस्य होम बुढाथोकी लगायतका नेताहरु संगठन विस्तारमा जुटेका हुन् । पार्टीले खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा संगठन विस्तारको काम गरेको छ । मंगलवार आयोजित एक कार्यक्रमकोबीच एकीकृत समाजवादीले खाँडादी गाउँपालिका कमिटी गठन गरेको छ । स्वरुप सिंह मोक्तानको अध्यक्षमा २९ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा राजकुमार लामा , सचिवमा सन्तोष सिन्जाली मगर ,सहसचिवद्वयमा शेर बहादुर लामा र बिनोद श्रेष्ठ सहित २९ सदस्यीय रहेका छन् । नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिल्ला इन्चार्ज देवशकंर पौडेलले शपथ खुवाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्