जिल्ला कार्यालयको बैठकः रामेछापमा माओवादीलाई पहिलो दल बनाउने निर्णय



१४ चैत्र, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाभित्र पार्टीलाई पहिलो पार्टी बनाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज सम्पन्न जिल्ला कार्यालयको बैठकले पार्टीलाई थप बलियो बनाउन संगठन विस्तारको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले हाल कायम गरेको ५ हजार ६०० सय पार्टी सदस्यको संख्या बढाएर आठ हजार भन्दा बढी बनाउने गरी अभियान सञ्चालन गर्ने अभियान सञ्चालन गर्न लागिएको माओवादी जिल्ला सचिव एवं रामेछाप प्रदेश क का सांसद तारानारायण श्रेष्ठले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार मन्थली नगरकमिटीको अध्यक्षमा दिपक प्रसाइँ र खाँडादेवी गाउँकमिटीको अध्यक्षमा देव बहादुर तामाङलाई चयन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्