राती राती खसी बोका चोरी गर्ने रामेछापका दुई जना पक्राउ



१७ चैत्र, काठमाडौं ।
काभ्रे जिल्लामा खसी–बोका चोरेको आरोपमा तीनजना पक्राउ गरेको छन् । रातको समयमा ट्याक्सीमा हालेर खसी बोका चोरी गर्ने रामेछापका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार खसी बोका चोरेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ट्याक्सी चालक रामेछाप जिल्ला दोरम्बा शैलुङ्गगाउँपालिका– ४ का २४ बर्षीय मिलन तामाङ र सोही गाउँपालिकाका–७ का ४० बर्षिय सुमन तामाङ रहेका छन् । उनीहरुलाई ईकाला प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो । बनेपा प्रहरीले मिलन र सुमनले चोरी गरेको खसी, बोका किन्दै आएका रामेछापकै मन्थली नगरपालिका वडा नम्बर ५ घर भएका ४३ बर्षी देवी बहादुर कार्कीलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको छ ।
उनीहरु हिजो राति ३ बजे समयमा आशापुरी स्थित सडक खण्डमा बा २ ज ४३२७ नम्बरको ट्याक्सीमाथि शंका लागि चेकजाँच गर्दा डिकिमा अन्दाजी ३० केजी जतीको कालो रंगको बोका लिएर काठमाण्डौ तर्फ जाँदै थिए । प्रहरीका अनुसार डिकीमा बोका फेला परेपछि प्रहरीले सोधपुछ गर्दा पनौती नगरपालिका वडा नम्बर ३ कुशादेवीबाट चोरी गरि ल्याएको खुलेको थियो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काभ्रेबाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्