रामेछापको  राकाथुममा बोलेरो गाडी दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु, घाइतेलाई काठमाडौ पठाइयो



१८ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको डाँडागाउँ डेलपोखरीमा बोलेरो गाडी दुर्घटना भएको छ । खाँडादेवी गाउँपालिका–७ तालमुमबाट काठमाडौं तर्फ जादै गरेको बा १६ च ३२२५ नम्बरडबल क्याप बोलेरो सडकबाट करिब तीन मिटर तल खसी दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको र हो । चालक खाँडादेवी गाउँपालिका–७ का ३३ बर्षिय कालुमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले जानकारी दिए । बोलेरो दुर्घटनामा परी घाइते भएकाहरुको उद्दार गरेर थप उपचारको लागि धुलिखेल पठाइएको छ ।

यी हुन घाइते हुनेहरु

  • चालक ;- जिल्ला रामेछाप खाँडादेवी गा.पा.-७ बस्ने बर्ष ३३ को कालुमान तामाङ । (मृत्यु)
  • ऐ.ऐ. बस्ने बर्ष ३७ को रुपसिंह तामाङ । अवस्था सामान्य ।
  • ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष -२३ की सुस्मा तामाङ । (अवस्था मध्यम) धुलिखेल अस्पतालमा उपचार भईरहेको।
  • ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष १० को नेस्नल तामाङ । (अवस्था मध्यम) धुलिखेल अस्पतालमा उपचार भईरहेको।
  • ऐ.ऐ. बस्ने बर्ष ३३ की सबिना तामाङ । (अवस्था सामान्य)
  • ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ७ की कुईन तामाङ । (अवस्था सामान्य)
  • ऐ.ऐ. बस्ने बर्ष ४२ को दिनेश श्रेषठ । (अवस्था सामान्य)
  • जापानी नागरीक बर्ष ४३ की महिला SATO (सातो) काजुभी । (अवस्था सामान्य)

प्रतिक्रिया दिनुहोस्