चैत्रमा शैलुङ्ग क्षेत्रमा हिमपात, आन्तरिक पर्यटकको भिड बढदै (फोटोफिचर)



दावा शाङबु शेर्पा
१८ चैत्र, रामेछाप ।विगतको बर्षमा हिउदको समयमा पर्ने हिउ यस पटक भने पहिलो पटक शैलुङ्ग क्षेत्रमा हिउ परेको छ । देशभर बर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ्गमा हिमपात भएको हो । गत बर्ष पुस माघमा हिमपात भएको शैलुङ्ग क्षेत्रमा यस पटक भने चैत लागेपछि मात्र हिमपात भएको छ । हिमपात भएसँगै शैलुङ्ग क्षेत्रका किसानहरु उत्साहित भएका छन् । शैलुङ्ग क्षेत्रमा हिमपात भएसँगै हिउ खेल्नको लागि आन्तरिक पर्यटकहरुको संख्या समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्