गोकुलगंगा गाउँपालिकामा ८४ बर्षिय बृद्धाको हत्या आरोपमा चार जना पक्राउ



१८ चैत्र, रामेछाप ।
गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानीकाका ८४ बर्षिय सम्शेर बहादुर थापामगरको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी होम बहादुर पराजुली र केन्दीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले हत्या आरोपमा चार जनालाई पक्राउ  गरेकाे हाे ।

यही चैत्र १३ गते राती अपरिचित व्यक्तिहरुले खुकुरी प्रहारबाट गम्भीर घाइते थापामगरको अस्पताल लैजाने क्रममा सोही दिन नै बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरको समेत परिचालन गरी विस्तृत अनुसन्धान पश्चात घटनामा संलग्न भएको आशंकामा सोही वडाका वर्ष ४५ की रामपियारी खड्का, वर्ष ६२ को मान बहादुर मगर, वर्ष ५२ को नेत्र बहादुर थापामगर र वर्ष ४५ की अनिता भन्ने मनोमाया थापामगरलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी पराजुलीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार घट्नामा प्रयोग भएको धारिलो हतियार खुकुरी समेत बरामद गरी थप अनुसंधान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्