नागरिकको सेवालाई पहिलो प्राथमिकता दिएर काम गर्छुः प्रजिअ निरौला



१८ चैत्र, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले रामेछापवासी नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छिन् । उनले जिल्लाभित्र शान्ति सुरक्षा र सुशासन  कायम गर्नु आफ्नो पहिलो काम भएको बताउदै नागरिकलाई सहज रुपमा छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्ने कार्यमा लाग्ने बताएकी हुन् ।

केही दिन अघि मात्र रामेछापमा प्रजिअ भएर आएकी निरौलाले आज आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै समयको महत्वलाई सबैले बुझन आवश्यक रहेको बताइन । उनले आफू समय अनुसार चल्ने प्रतिबद्धता जनाउदै जिल्लास्थित सरकारी कार्यालबाट प्रवाह हुने सेवा प्रवाह पनि निर्धारित सयमा नै हुनुपर्नेमा जोड दिइन ।

प्रतिक्रिया दिनुहोस्