प्रधान सेनापति शर्मा भोलि पहिलो पटक रामेछाप आउदै



२० चैत्र, रामेछाप ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले पहिलो पटक भोलि रामेछाप आउने हुनुभएको छ । रामेछापको सदरमुकाम मन्थलीमा हुन लागेको भूतपूर्व सैनिक सम्मेलनको उदघाटन गर्न शर्मा रामेछाप आउन लाग्नुभएको हो । प्रधान सेनापति भूतपूर्व सैनिकहरुसँग अन्र्तक्रिया समेत गर्नुहुने भएको छ । भोलि हुने सम्मेलनका लागि मन्थलीमा मञ्च व्यवस्थापनको काम समेत सम्पन्न भएको छ ।

कार्यक्रममा सैनिक कल्याणकारी कोषबाट सहुलियतमा ऋण लिएर उद्यम गर्नेहरुलाई सम्मान, अपाङगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण हुने नेपाली सेनाले बताएको छ । ९ बाहिनी अन्तर्गत हुने कार्यक्रमको व्यवस्थापन भने श्री नयाँ गोरख गण रामेछापले गर्नेछ । भोलि हुने सम्मेलनमा रामेछापका करिब १८ सय भूतपूर्व सैनिकहरु सहभागी हुने बताइएको छ ।

सम्मेलनमा अवकाश प्राप्त सैनिकहरुलाई भेटघाट र अनुभव आदानप्रदान गर्ने अवसर मिल्नुका साथै सैनिक नेतृत्वसँगको अन्तरक्रियाबाट कल्याणकारी कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लैजान महत्वपूर्ण सुझावहरू प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्