रामेछापमा बोलेरो गाडी दुर्घटनाः ५ जनाको मृत्यु, एक दर्जन घाइते



२३ चैत्र, रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज सदरमुकाम मन्थलीबाट भटौलीको कौछिनी जादै गरेको बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो । चार जनाको घटनास्थलमै र थप एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

मृत्यु हुनेहरुमा मन्थली नगरपालिका–७ भटौली कौछिनीकी ८२ वर्षिया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञान दानी तामाङ, ६८ वर्षका जनसुन तामाङ र सुनापति गाउँपालिका वडा नं १ गुन्सीकी ८ वर्षकी लाक्पा घिसिङ र चालक मन्थली नगरपालिका–।७ कौछेनी बस्ने वर्ष ५० को दल बहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बताए ।

सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार उकालो मोडमा ब्रेक फेल भएको कारण दुर्घटना भएको देखिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

  • जिल्ला रामेछाप मन्थली न.पा.-७ कौछिनी बस्ने बर्ष ८२ की नन्दमाया भण्डारी । (घटनास्थलमै मृत्यु)
  • ऐ.ऐ. बस्ने बर्ष ६८ की जेशुङ तामाङ । (घटनास्थलमै मृत्यु)
  • ऐ.ऐ.बस्ने बर्ष ४० की ज्यान रानी तामाङ ।(घटनास्थलमै मृत्यु)
  • ऐ.सुनापती गा.पा.-१ गुन्सी बस्ने सुवास घिसिङ्को छोरी बर्ष ८ की लाक्पा घिसिङ । (घटनास्थलमै मृत्यु)
  • चालक ;- जिल्ला रामेछाप मन्थली न.पा.७ कौछेनी बस्ने वर्ष ५० को दल बहादुर आलेमगर । अवस्था गम्भिर (उपचारको लागी सामुदायिक अस्पतालमा ल्याईएकोमा मृत्यु भएको) ।
  • ऐ.मन्थली न.पा.-६ बस्ने बर्ष ३५ की बिमला गोले (दाहिने खुट्टा भाचिएको अवस्था मध्यम) उपचारको लागी मन्थली अस्पताल रामेछाप ल्याईएकोमा  ऐ.१९;१० बजे थप उपचारको लागी काठमाण्डौ रिफर
  • ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष ११ की ओजेस्वी लामा। (टाउकोमा चोट अवस्था गम्भिर) उपचारको लागी मन्थली अस्पताल रामेछाप ल्याईएकोमा  ऐ.१९;१० बजे काठमाण्डौको लागी रिफर ।
  • ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष ५ की सम्भावी लामा (बाँया खुट्टा भाँचिएको अवस्था मध्यम) उपचारको लागी मन्थली अस्पताल रामेछाप ल्याईएकोमा ऐ.१९;१० बजे थप उपचारको लागी काठमाण्डौ रिफर
  • ऐ.मन्थली न.पा.-७ कौछिनी बस्ने बर्ष ७० को भक्त बहादुर लामा । (छातिमा र दाहिने हातमा चोट अवस्था मध्यम) मन्थली अस्पतालमा उपचार भईरहेको ।
  • ऐ.ऐ. बस्ने बर्ष ४४ को बेद बहादुर बुढाथोकी टाउकोमा चोट अवस्था मध्यम । सामुदायिक अस्पताल मन्थलीमा उपचार भईरहेको ।
  • ऐ.ऐ. बस्ने बर्ष ६० की मनमाँया तामाङ टाउकोमा चोट अवस्था मध्यम । सामुदायिक अस्पताल मन्थलीमा उपचार भईरहेको ।
  • ऐ.ऐ. बस्ने बर्ष ४७ की दुर्गामाँया खड्का दाहिने हातमा चोट अवस्था सामान्य । सामुदायिक अस्पताल मन्थलीमा उपचार भईरहेको ।
  • ऐ.ऐ. बस्ने बर्ष २५ को कमल गोले दाहिने खुट्टामा चोट अवस्था सामान्य । सामुदायिक अस्पताल मन्थलीमा उपचार भईरहेको ।
  • ऐ.ऐ. बस्ने बर्ष ३४ को हरी बहादुर थोकर ढाडमा चोट अवस्था सामान्य । सामुदायिक अस्पताल मन्थलीमा उपचार भईरहेको ।
  • ऐ.गोकुलगंगा गा.पा.-५ रस्नालु बस्ने बर्ष २७ की निस्मा मग्राती टाउकोमा चोट अवस्था सामान्य । सामुदायिक अस्पताल मन्थलीमा उपचार भईरहेको ।
  • ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष ३ की निनिमा मग्राती नाकबाट रगत बगेको अवस्था सामान्य । सामुदायिक अस्पताल मन्थलीमा उपचार भईरहेको ।

प्रतिक्रिया दिनुहोस्