पुर्पक्षका लागि रामेछाप कारागारमा रहेका थुनुवाको मृत्यु



२४ चैत्र, रामेछाप ।
जिल्ला अदालत रामेछापले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पुर्पक्षका लागि जिल्ला कारागार रामेछापमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान पेट दुखेको भन्दै उपचारका लागि जिल्ला अस्पताल रामेछाप लैजाने क्रममा लिखु तामाकोसी गाउँपालिका–३ स्वाँराका ५२ बर्षिय विरे दर्जीको मृत्यु भएको हो । जिल्ला कारागार कार्यालयले दर्जीले पेट दुखेको बताए लगत्तै अस्पताल पुर्याए पनि बचाउन नसकिएको जनाएको छ । दजीलाई डेढ महिना अघि कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्