पर्यटीय क्षेत्र शैलुङ्गमा चौरीकाे संख्या बढाउन कृषकलाई व्यवसायिक तालिम



२८ चैत्र, रोछाप ।
रामेछापको पर्यटीय क्षेत्र शैलुङ्गमा चौरीको संख्या बढाउनका लागि चौरी पालक किसानलाई सात दिने तालिम दिइएको छ । शैलुङ्ग क्षेत्रमा चौरीको संख्या बढाउने र चौरी पालक किसानहरुलाई चौरी पालन व्यवसायमा लाग्न प्रेरित गर्ने उदेश्यले सात दिने तालिम सम्पन्न भएको हो । बागमती प्रदेश स्तरीय चौंरी पालन तालिममा चौरी पालन गर्दै आएका किसानहरुको सहभागीता रहेको थियो । एक हप्तासम्म सचालन भएको तालिमबाट व्यवसायिक चौंरीपालन गर्दै आएका लुङ्ग क्षेत्रको चौंरी पालक व्यवसायीलाई थप उत्साहित बनाएको राष्ट्रिय याक तथा चौरी कृषक महासंघ महासचिव एवं शैलुङ्ग पर्यटन क्षेत्रका अभियन्ता दावा साङबु शेर्पाले बताए ।

बागमती प्रदेशको पशुसेवा तालित केन्द्र ललितपुर लगनखेलले आयोजनामा भएको कार्यक्रममा संयोजको भुमिका सहायक स्तर पाँचौ प्राविधिक सन्तोष परियारले निर्वाह गरेका थिए भने तालिममा वरिष्ठ पशु चिकित्सक केन्द्रिय पशुपंक्षी रोग अन्वेक्षण प्रयोगशाला त्रिपुरेश्वरका डा. राम चन्द्र सापकोटा र पशुसेवा विज्ञ केन्द्र ललितपुरका पशु विकास अधिकृत वासुदेव नाथले तालिममा सहभागी किसानलाई प्रशिक्षण दिएका थिए ।

तालिमको आज समापन गरिएको छ । पशु विकास अधिकृत वासुदेव नाथको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमकामा दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवाका वडाअध्यक्ष प्रेमकुमार लामा महासचिव दावा सङबु शेर्पा र शैलुङ्ग गुम्बा प्रमुख सोनम लामाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्