लिखु तामाकोसी गाउँपालिकाको वडावडामा ‘सुत्केरीसगँग उपाध्यक्ष कोसेली’ कार्यक्रम



२९ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष भेटघाट र कोसेली कार्यक्रम सञ्चालन गरिएको छ । उपाध्यक्ष दिपा पाख्रिनले गाउँपालिकाको विभिन्न वडामा पुगेर सुत्केरी महिलाहरुसँग भेटघाट र पोषणयुक्त खानेकुरा वितरणको काम अघि बढाएकी छिन् । सुत्केरी र शिशुको स्वाथ्यलाई ध्यानमा राखेर गाउँपालिकाले सुत्केरीसँग भेटघाट र कोसेली कार्यक्रम अघि बढाएको हो ।
कार्यक्रम अन्तर्गत चार वटा वडामा सुत्केरीसँग भेटघाट र कोसेली वितरण कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष दिपा पाख्रिनले रामेछाप न्युजलाई बताइन । उनका अनुसार एउटा पोषणयुक्त झोलामा पाँच प्रकारका खानेकुरा रहेको छ । उपाध्यक्षले खिम्ती नागदह, सैपू र तिल्पुङमा गरी करिब ३८ जना सुत्केरीलाई भेटेर कोसेली वितरण गरिएको जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्