दोरम्बा शैलुङ गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख पुग्यो



३० चैत्र, रामेछाप ।
रामेछापको दारेम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख २१ हजार पुगेको छ । गाउँपालिकाको गत बर्षको लेखा परीक्षण अनुसार सो रकम बेरुजु देखिएको छ । गाउँपालिकाभित्र बार्षिक रुपमा बेरुजुको संख्या बढदै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको साठिऔ बार्षिक प्रतिवेदनमा गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत लेखामानको ढाँचाको पूर्ण वितरण प्रयोग गरी वित्तीय विवरण तयार नगरेको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्