नयाँ बर्ष मनाउन शैलुङ्गमा हजारौ आन्तरिक पर्यटकको भीड (फोटोफिचर)



१ वैशाख, रामेछाप ।
पर्यटकीय गन्तव्य शैलुङ्गमा नयाँ बर्ष मनाउन आन्तरिक पर्यटकहरुको भीड बढेको छ । रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको भीड बढदै गएको छ । ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा प्रसिद्ध गन्तव्यको रुपमा रहेको शैलुङ्ग जाने सडक यातायातको पहुँच विस्तार भएसँगै पर्यटकहरुको संख्या बढदै गएको छ ।

शैलुङ्ग पर्यटन क्षेत्रका अभियन्ता दावा साङबु शेर्पाले आज मात्र हजारौको संख्यामा नयाँ बर्ष मनाउनका लागि शैलुङ्गमा पर्यटकहरु आएको बताए । हाल काठमाडौं नेपालथोक गाल्वा दोरम्बा खोलाखर्क हुँदै शैलुङ्ग आउने पर्यटकको संख्या बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्