रामेछापको मन्थलीमा सुरु भयो सांस्कृतिक तथा सडक महोत्सव



१ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको आजबाट सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ । मन्थली मुख्य बजार क्षेत्रको देवकोटा चोकेदिख कृषि विकास बैंकसम्म विभिन्न ठाउँमा स्टल राखिएको छ । सडकमा खाने व्यवस्था गरिएको छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोगमा रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घको सह आयोजनामा रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको रामेछापका प्रतिनिधिसभा सांसद पूर्ण बहादुर तामाङ कान्छारामले उदघाटन गरे । सडक महोत्सवमा जिल्लाको विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा वस्तुबाट बनेका परिकारहरू, दुग्धजन्य वस्तु तथा जडीबुटी जन्य वस्तुहरू राखिएको छ ।

आयोजकले दुई दिनमा २० देखि ३० हजारले अवलोकन भ्रमण गर्ने अनुमान छ । महोत्सवको पहिलो दिन शुक्रवार रामेछाप जिल्लाका विभिन्न स्थानमा रहेका माझी, हायु, सुनुवार, नेवार, मगर तामाङ लगायतका जात जातिहरूले आफ्नो संस्कृति झल्कने झाकी प्रदर्शन गरेका थिए ।
सडक महोत्सवमा
मुख्य आकर्षक नेवारी खाजा, माझी परिकारसँगै अन्य जातजातिको खाना पनि महोत्सवमा राखिएको छ । बिर्यानी, सेकुवा लगायतका विभिन्न प्रकारका खानेकुरा समावेश गरिएको छ । प्रतियोगीतमा रामेछाप बहुप्राबिधिक शिक्षालयले तरकारीको बेर्ना , फलफूलको बिरुवा विक्री वितरण गरेको थियो ।
त्यसैगरी बैशाखमा पनि कुल बुटमा स्टोर गरेको जुनार मन्थलीको स्टलमा देखिएको छ । यो जुनार जोनको सहयोगमा बनेको कुल बुटबाट किसानलाई ठूलो सहयोग समेत मिलेको छ । महोत्सव भोलिसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्