रामेछाप फुड फेस्टिभलः एकै व्यक्तिले एकै पटकमा खाए ३४ वटा अण्डा



१ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्रको व्यापार व्यवसायलाई प्रबद्र्धन गर्ने उदेश्यको साथ आजबाट दुई दिने रामेछाप सांस्कृतिक एवं फुड फेस्टिभल सुरु भएको छ । फुड फेस्टिभलमा विभिन्न फरक–फरक स्वादका खानेकुराका परिकार राखिएको छ ।

आज पहिलो दिने अण्डा खाने प्रतियोगिता रोचक बनेको छ । बिराज सप्लायर्सले महोत्सवमा थप रमाइलो थप्नका लागि एक सय रुपैयाँ तिरेर अण्डा खाने कार्यक्रम राखेको थियो । जस अन्तर्गत विजय थापाले ३४ वटा अण्डा खाएर रेकर्ड बनाएका छन् । प्रतियोगीतामा हिरा कुमारी भुजेलले १३ वटा र सुनिल श्रेष्ठले १९ वटा अण्डा खाएका थिए । थापाले एक सय रुपैयाँ तिरेर सात सयको खण्डा खाएका छन् । सम्भवत एकै पटक ३४ वटा अण्डा खाने थापा रामेछापकै पहिलो व्यक्ति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्