राष्ट्रपति पौडेलबाट कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित



३ वैशाख, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यस बर्षैको सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानत भएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमकोबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट घिसिङ सम्मानित भएका हुन् । घिसिङसहित यस बर्ष १६ जनाले सुकीर्तिमय सम्मान पाएका थिए ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले यस बर्ष एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान घोषणा गरेको थियो ।

तस्बीरः दुर्गा खड्का

प्रतिक्रिया दिनुहोस्