खाँडादेवी गाउँपालिकाको बेरुजू ३३ करोड ७३ लाख पुग्यो



३ वैशाख, काठमाडौं ।
खाँडादेवी गाउँपालिकाको बेरुजू ३३ करोड ७३ लाख पुगेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७७ । ०७८ को लेखापरीक्षण प्रतिवेदनमा सो रकम बेरुजू देखिएको हो ।

पालिकाले गतबर्षसम्म २४ करोड ४४ लाख ८४ हजार बेरुजू बाँकी रहेकामा संपरीक्षणबाट फछ्यौट एवं यो बर्ष कायम भएको बेरुजू समेत हालसम्म अद्यावधिक बेरुजू ३३ करोड ७३ लाख ३३ हजार रहेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नभएको उल्लेख गर्दै वितरणमुखी कार्यक्रम सञ्चालन गर्दा आन्तरिक नियन्त्रण प्रणाली कमजोर भएको औल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्