दोरम्बा शैलुङ गाउँपालिकामा विकृतिः मृतकलाई पनि भत्ता वितरण



३ वैशाख, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा विकृतको चरम रुप देखिएको छ । गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिहरुलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणको रिपोर्टमा मृत्यु भएका व्यक्तिका परिवारका सदस्यलाई पनि सामाजिक भत्ता उपलब्ध गराएको उल्लेख गरेको छ ।

सामाजिक भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनु पर्ने उल्लेख गरिएको छ । तर लोखापरीक्षको क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ को मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्इहरुले सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ ।

महालेखापरीक्षको कार्यालय मृत्यु मिति भन्दा पछिको सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने हुनाले उक्त रकम असुल गरी संघीय संचित कोषामा दाखिला गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्