मन्थलीको व्यस्त बजारबाट हराएको मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता, चोरीमा संलग्न प्रहरी पक्राउ



४ वैशाख, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीको व्यस्त बजारबाट हराएको मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता रहेको खुलासा भएको छ । गत शनिवार साँझ मन्थलीको बीच बजारबाट बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ जेट कालो रंगको मोटरसाइकल कृषि विकास बैङ्कबाट झर्ने ओरालोमा पार्किङ गरिराखेको अवस्थामा हराएको थियो ।

मोटरसाइकल हराएपछि पीडित एम ए. डब्लु. इन्रप्राइृजेज प्रा.लि.का धनी रमेश नेपालीले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा प्रहरीले सिसी क्यामेराको फुजेट खोजी गर्ने क्रममा हराएको मोटरसाइल र सो मोटरसाइकल चलाउने प्रहरी जवान उपेन्द्र भण्डारी रहेको खुलासा भएको थियो । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न प्रहरीलाई पक्राउ गरेर अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

दोलखा घर भइ हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा चालकको जिम्मेवारीमा रहेर काम काम गर्दै आएका चोरीमा संलग्न प्रहरी विगत पाँच बर्षदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका छन् । प्रहरीका अनुसार हराएको मोटरसाइकलको पाटपुर्जा टुक्राटुक्रा पारेको अवस्थामा फेला पारिएको जनाएको छ । प्रहरीले केही बेरमा भण्डारीको विरुद्ध जिल्ला अदालत रामेछापमा चोरी कसुरमा मुद्दा समेत दायर गर्ने तयारी गरेको छ ।
विस्तृत विवरण केहीबेरमा …..

प्रतिक्रिया दिनुहोस्