रामेछापमा दुधको मुल्य घट्याे , पहिलो पटक दुधको गुणस्तर ताेकियाे



७ वैशाख, रामेछाप ।
रामेछापमा उपभोक्ताको हितलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय रामेछापले वैशाख १ गतेबाट लागू हुने गरी डेरी उद्योगले बढाएको दुधको मुल्य घटाउने निर्णय गरेको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आज बसेको बैठकले यसअघि तोकिएको दुधको मुल्य घटाउने निर्णय गर्दै पहिलो पटक दुधको गुणस्तको समयत कामय गरेको हो । यसअघि गाईको दुधको मुल्य प्रतिलिटर ११० कायम गरिएमा आजको बैठकले प्रतिलिटर ९५ रुपैयाँ र भैसीको दुध प्रतिलिटर १२० कायम गरिएमा १०५ कायम गर्ने निर्णय गरेको छ ।

 

रामेछापका सहायक प्रमुख जिल्ला अधिकार अनोज कुमार घिमिरले रामेछापवासी उपभोक्ताको हितलाई केन्द्रमा राखेर यसअघि डेरी उद्योगीहरुले आफूखुसी बढाएको दुधको मुल्य घटाउने निर्णय भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘दुधको मुल्य घटाउने निर्णयसँगै जिल्लामा पहिलो पटक दुधको गुणस्तर समेत कायम गर्ने निर्णय गरेका छौं ।’ उपभोक्ताले पैसा तिरेर खाने दुध अब गुणस्तरीय हुनेछ, गुणस्तर कायम गरे नगरेको विषयमा जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा अनुगमन गर्छ, उनले भने ।

अब डेरी उद्योगीहरुले गाईको दुध विक्री गर्दा अनिवार्य रुपमा ४ प्रतिशत फ्याट र ८ प्रतिशत र भैसीकाे दुध बेच्दा ५  प्रतिशत फ्याट र ८ प्रतिशत एम. एन, एफ भएको लेबलिङ राखेर मात्र दुध बेच्न पाउने भएका छन् । दुग्ध व्यवसायीहरुले कानुन अनुसार दुधको मुल्य कामय नगरी दुध विक्री भएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । रामेछापका सदरमुकाम मन्थलीमा करिब दैनिक तीन हजार दुध संकलन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्