रामेछाप साँस्कृतिक कलाकार समाजले भोलि काठमाडौंमा साँस्कृति कार्यक्रम गर्दै



८ वैशाख, काठमाडौं ।
रामेछाप सांस्कृतिक कलाकार समाजले कल्याणकारी कोष स्थापना गर्नका लागि भोलि काठमाडौंमा वृहत्त सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलाकार समाजको आयोजनामा हुन लागेको सांस्कृतिक कार्यक्रममा रामेछापका कलाकारहरुलाई केन्द्रमा राखेर कल्याणकारी कोष स्थापना स्थापनार्थ सहयोग जुटाइने भएको हो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीको पनि सहभागीता हुने भएको छ । कलाकार समाजका अध्यक्ष कुमार कार्कीले सांस्कृतिक कार्यक्रमसँगै कल्याणकारी कोष स्थापनाको लागि सहयोगको आग्रह गर्ने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रम भोलि बिहान अरिकल ईभेन्ट नारायणगोपल चोकान आयोजना गरिएको छ ।

कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुत रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्