रामेछापको कठजोरमा चट्याङ लाग्दा आमाछोरी घाइते



८ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–३ कठजोरको रणजोर खोलामा कपडा धुदै गर्दा आज दिउसो अकास्मत परेको चट्याङ लागेर दुई जना घाइते भएका छन् । कठजोर रालटारकी ४० बर्षिय सुमित्रा कार्की र उनकी ९ बर्षिय छोरी अनिता कार्की घाइते भएकी हुनु ।

खोलामा कपडा धुने क्रममा एक्कासी चट्यांङले लागी दुबै जना घाईते भएको र घाईतेलाई उपचारको लागी मन्थली अस्पतालमा प्राथमिक पश्चात थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार दुवै जना घाइतेको अवस्था मध्यम रहेको छ । त्यसैगरी चट्याङकै कारण जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–११ फलाटे बस्ने तुला बहादुर तामाङको ठमा बाँधेको १५ वटा बाख्रा चट्याङ लागी मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्