चट्याङ लागेर घाइते भएका आमाछोरीको उपचारमा खर्च अभाव,सहयोगको अपिल



९ वैशाख, रामेछाप ।
चट्याङ लागेर घाइते भएका मन्थली नगरपालिका–३ कठजोर निवासी आमाछोरीको उपचारमा खर्च अभाव भएको छ । हिजो दिउसो एक्कासी चट्याङ लागेर घाइते भएकी ४० बर्षिय सुमित्रा कार्की र १० बर्षिय छोरी सरिता कार्कीको उपचारमा खर्च अभाव भएको हो । हिजो मन्थली अस्पतालमा प्राथमिक उपचार मार्फत थप उपचारका लागि काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

परिवारका सदस्यले उपचार गर्न आर्थिक अवस्था निकै कमजोर भएको बताएपछि वडा कार्यालयबाट पनि सहयोगको गर्न आग्रह गरिएको छ । आमाछोरीको उपचारका लागि आवश्यक पर्ने रकम संकलन गर्नको लागि रामेछाप–काठमार्डाै सृजनशिल समाज र रामेछापका सहयोगी मनहरुले आर्थिक अभावको कारण उपचारबाट बञ्चित हुनु नपरोस भनेर सहयोग आह्वान गरेका छन् ।

सहयाेग रकम संस्थाको राष्ट्रिय बाणिज्य बैंक, बानेश्वर शाखा स्थित A/C name: RAMECHHAP KATHMANDU SRIJANSHIL SAMAJ NEPAL , खाता नं. १४२०१००००४६१४००१ मा जम्मा गरिदिनु‌हुन भइ भाैचर उपलब्ध गराउन हुन हार्दिक अनुरोध गर्दछौ। सहयोग रकम २०८० बैशाख १६ गते विरामीलाइ बुझाउने व्यहाेरा अनुरोध गर्दछौं
थप जानकारीकाे लागि यस संस्थाको आजिवन सदस्य श्री जय मानन्धर 9854040239 एवम् मन्थली नगरपालिका वडा नं ३ काे अध्यक्ष कृष्ण गाेपाल थापा 9844247979 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्