मन्थली–काठमाडौं प्लेन उडाउन सांसद कान्छाराको दौडधुप



१८ वैशाख, रामेछाप ।
कुनै बेला हरेक साता मन्थली मन्थली–काठमाडौं साताको एक पटक उडान हुन्थ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको मन्थली विमानस्थलमा अहिले पनि दैनिक रुपमा उडान हुन्छ । तर रामेछापवासीले प्लेन चढेर काठमाडौं जान नपाएको बर्षौ भएको छ । रामेछापका राजनीतिक दल र नागरिकस्तरबाट साताको एक पटक मन्थली–काठमाडौं उडान गर्न माग गरेको लामो समय पनि निजी क्षेत्रका एरलाइन्स कम्पनीहरुले सुनको नसुनेझै गर्दै आएका छन् । हाल मन्थली विमानस्थलबाट लुक्ला उडान हुँदै आएको छ । मन्थली विमानस्थल सञ्चालनमा आएपछि रामेछापवासीले भने कुनै पनि सेवा सुविधा उपभोग गर्न पाएका छैनन् ।

मन्थली–काठमाडौं हरेक साताको शुक्रवार दुईतर्फी उडान गर्नको लागि रामेछापका प्रतिनिधिसा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले पहल थालेका छन् । जिल्लाकै एक मात्र विमानस्थललाई नागरिक उड्यान प्राधिकरणले काठमाडौंको आन्तरिक उडानका वैकल्पिक विमास्थलको रुपमा समेत लिदै आएको छ । काठमाडौंको विमानस्थलमा चाप बढेसँगै प्राधिकरणले सगरमाथा क्षेत्रमा जाने बाह्य पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर हाल मन्थली–लुक्ला दैनिक रुपमा उडान भर्दै आएको छ । साताको एक पटक पनि उडान नहुँदा रामेछापबाट आकास्मिक रुपमा उपचार गर्न लैजाने बिरामीहरु समस्यामा पर्दै आएका छन् ।

सांसद तामाङले मन्थली–काठमाडौं साताको एक पटक शुक्रवार नियमित रुपमा उडान भर्नको लागि निजि क्षेत्रका यएरलाइन्स कम्पनीहरुलाई आग्रह गर्ने निर्णय भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘रामेछापमा रहेको विमास्थलबाट सेवा पाउन रामेछापवासी नै बञ्चित छन, यो हामीमाथिको अन्याय हो, न्यायको लागि सरोकारवाला निकायसँग पहल सुरु गरेका छौं ।’

तामाङको पहलमा मन्थलीमा बसेको सरोकारवाला निकायबीचको बैठकले तारा, सीता, समिट एयरलाइन्सको समन्वयमा हरेक साताको शुक्रवार रामेछाप–काठमाडौं दुईतर्फी उडान गर्न सम्बन्धित एयरलाइन्स कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ । यसको लागि जिल्ला समन्वय समितिले एयरलाइन्स कम्पनीलाई पत्राचार गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्