रामेछापमा मिटर ब्याज पीडितको खोजी, पीडित भए उजुरी दिन जिप्रका रामेछापको आह्वान



१९ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा मिटर ब्याज पीडितको खोजी सुरु भएको छ । सरकारले मिटर ब्याज पीडितहरुको माग सम्बोधन गर्न मधेस प्रदेशको जनकपुरमा आयोग नै गठन गरेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले यदी जिल्लाभित्र मिटर ब्याज पीडित भए उजुरी दिन आह्रवान गर्दै सूचना जारी गरेको छ । जिप्रका रामेछापले आइतबार एक सूचना जारी गर्दै निवेदनको दिन फारामसहित आह्वान गरेको हो ।

जिप्रका रामेछापले यही वैशाख ३१ गतेभित्र मिटर ब्याज पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित ब्यहोरा खुलाएर अनलाइनबाट पनि सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालय स्थापना भएको मिटर ब्याज पीडित सहायता कक्षमा निवेदन दिन सक्ने व्यवस्था रहेको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्