राज्यको पहुँचबाट ओझेलमा सोलुको ‘मेरा गुम्बा’



दावा साङबु शेर्पा
१८ वैशाख, रामेछाप ।धार्मिक पर्यटकीय गन्तव्य भएर पनि सोलुखुम्बु दुधकोशी गाउँपालिका–४ मा रहेको मेरा गुम्बा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पौराणिक गुम्बा भएता पनि यसलाई व्यवस्थित तवरले २०५२ साल बाट थप नयाँ संरचना निर्माण गरी व्यवस्थित गरिएको छ । करिब ५५ जना लामा विधार्थीहरु पठनपाठन पाठशाला समेत रहेको यस गुम्बा सबै पूर्वाधारहरु व्यवस्थित रुपमा निर्माण गरिएको छ ।, सदरमुकाम सल्लेरी बजारवाट ३३ सय मिटर उचाइको रतनाङ्गे डाँडा भ्रमण गर्दै सल्लेरीवाट २० किलोमिटर यात्रा पुरा गरे पश्चात मेरा गुम्बा पुग्न सकिन्छ ।

रतनाङ्गे डाँडा सोलु खुम्बु सल्लेरी बजारको नजिकको भ्यू पोइन्ट पनि हो । यहाँबाट विश्वको सर्वोच्च शिखर लगायत नुम्बुर, कन्चनजंगा, मकालु कारवैम नियाल्न सकिन्छ । रतनाङ्गे डाँडा पुग्न आदी सडक स्तरउन्नती गर्न बाँकी छ भने बाँकी सडक सोलिङ निर्माण गरिएको छ । सो क्षेत्र सोलु दुधकुण्ड नगर पालिकाको पर्छ भने बाँकी माप्य दुधकोशी गाउँ पालिका क्षेत्र भित्र पर्दछ l

मेरा गुम्बा माप्य दुधकोशी गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थलको रूपमा मानिन्छ । उक्त गुम्बा मेरा गाउँका समुदायको एक समितिबाट संचालित छ । हालसम्म सम्बन्धित स्थानीय निकाय प्रदेश एवं संघीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको गुनासो स्थानीय मेरा बासी बताउछन । स्थानीयका अनुसार गुम्बामा बार्षिक धेरै लगानी खर्च भएपनि तीनै तहको सरकारबाट सहयोग नभएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्