मुस्ताङमा चोरी गरेर भागेका रामेछापका मोक्तान भक्तपुरबाट पक्राउ



१९ वैशाख, काठमाडौं ।
मुस्ताङ जिल्लाको एक खाजा घरमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको सुनापति गाउँपालिका–२ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । चोरी भएको उजुरीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक–५ जगातिबाट पक्राउ गरेको छ।

मोक्तानले २०७९ साल पुस १२ गते मुस्ताङ बारागुङ गाझ्याल स्थित छिरिङ खाजा घरको गोठामा प्रवेश गरी ५ लाख चोरी गरी फरार भएका थिए । पीडितले पैसा हराएको उजुरी प्रहरीलाई दिएका थिए । प्रहरीका अनुसार पक्राउ परेका मोक्तानलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, मुस्ताङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्