रामेछापको मुगिटारमा ट्रक दुर्घटना



२६ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–७ गुगिटारमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रक चालक गम्भीर घाइते भएका छन् । खाँडादेवी गाउँपालिकाबाट ईट्टा लोड गरी आउदै गरेको बा ४ ख ७४४२ नम्बरको मिनि ट्रक आफै अनियन्त्रित भइ दुर्घटना हुँदा चालक मन्थली नगरपालिका–१४ फुलासीका ३२ बर्षिय जनक थापा घाइते भएका छन् । आज साँझ भएको दुर्घटनामा परी घाइते भएका चालक थापाको सदरमुकाम मन्थलीमा रहेको अस्तालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्