रामेछापको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा पौडेल वेपत्ता, पत्ता नलागेपछि गोताखोर टोली बोलाइयो



२७ वैशाख, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा २१ बर्षिय अनुज पौडेल वेपत्ता भएका छन् । आज दिउसो गर्मी छल्नको लागि पौडी खेल्ने क्रममा मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा पौडेल पेपत्ता भएका हुन् । खाँडादेवी गाउँपालिका–४ कलचौडेका पौडेल साथीहरुसँग पौडी खेल्न गएका थिए ।

सँगै पौडी खेल्ने साथीले बचाउन कोशिस गरेपनि असफल भएपछि उनका साथीहरुले स्थानीय र प्रहरीलाई खबर गरेका थिए । उनको खोजीमा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयले दिनभर खोजी गरेका थिए । तर दिनभर प्रयास गरेपनि पत्ता नलागेपछि साँझ सुरक्षकर्मीको टोली फर्किएको छ । पौडेल फेला नपरेपछि थप खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर झिकाई खोजि कार्य गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले रामेछाप न्युजलाई जानकारी दिए ।

(सच्याइएको, यसअघि भूलवश वेपत्ताको उमेर फरक पर्न गएकाले सच्याइएको छ । –सम्पादक)

प्रतिक्रिया दिनुहोस्