पोखरीमा डुबेर रामेछापको सालुमा १० बर्षिय बालिकाको निधन



२७ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–४ सालु गैराथाेककी १० बर्षिय बालिकाको घरयासी प्रयोजनको लागि निर्माण गरिएको पोखरीमा डुबेर मृत्यु भएको छ । आज दिउसो घरमा कोही नभएको बेला सालु गैराथेकी १० बर्षिय महन कुमारी बलमपाखी घर नजिकैको पोखरीमा पौडी खेल्न गएकी थिइन । उनी डुबेको थाहा पाएपछि छिमेकी उद्दार गरेर थप उपचारका लागि मन्थली अस्पताल ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । उपचारका लागि अस्पताल ल्याएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्