ज्यानको प्रवाह नगरी रामेछापमा नेपाली सेनाले आगलागीबाट बचायो अस्तापल र बस्ती (फोटोफिचर)



२९ वैशाख, रामेछाप ।
नेपाली सेनाले रामेछाप बजारलाई आगलागी हुनबाट जोगाएको छ । नेपाली सेनाले विहिवार राती रामेछाप नगरपालिका वडा नम्बर ८को वादीपाखा जंगलमा लागेको आगो वस्तीमा आउनबाट रोकेको हो । जंगलमा लागेको आगो जिल्ला अस्पताल रामेछाप र स्थानीयवासीको घर नजिकै आएपछि कोलाहल मच्चिकिएको थियो । जंगलमा लागेको आगो सहजै नियन्त्रणमा लिन पनि सम्भव थिएन । तर रामेछापमा रहेको नेपाली सेनाको नयाँ गोरखबाट फायर फाइटिङसहित खटिएको टोलीले ठूलो जनधनको क्षति हुनबाट जोगाउन सफल भएको छ ।

गएराती २ बजेटबाट लागेको आगो नयाँ गोरख गणबाट खटिएको करिब १७५ जना नेपाली सेनाले नियन्त्रणामा लिन सफल भएको थियो । वनमा फैलिएको आगो नेपाली सेनाको टोली समयमा नपुगेको भए जिल्ला अस्पताल रामेछापको अक्सिजन प्लान्टमामा आगलागी हुने अवस्था रहेको थियो । नयाँ गोरख गणका गणपति दिपक टण्डन क्षेत्रीले नेपाली सेनाको टोली समयमा नै आगलागी भएको स्थानमा पुगेको कारण ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिएको रामेछाप न्युजलाई बताए ।

आगलागी भइरहेको स्थान नजिकै जिल्ला अस्पताल रामेछापको अक्सिजन प्लान्ट रहेको थियो,करिब २५ मिटरको दुरीमा आगलागी भएपनिे आगोलाई तत्काल नियन्त्रण गर्न हामीले एण्टी फायर लेन बनाई आगलागीबाट हुन सक्ने ठुलो जनधनको क्षति हुनबाट जोगाउन सफल भयौ, उनले भने ।
सुरुमा खटिएको टोलीले मात्र सम्भव नभएपछि थप टोली परिचालन गरेर तीन समुहमा विभाजन गरी आगलागी नियन्त्रणको लागि थप टोली परिचालन गरेर वस्तीलाई जोगाउन सफल भएको थियो । आगो बढ्न सक्ने स्थानहरुमा करिब १ किलोमिटरको फायर लेन बनाई एण्टी फायर फाईटिङ्ग गरी गाउँबस्ती तथा जिल्ला अस्पताल रामेछापतर्फ बढेको आगोलाई नियन्त्रणमा लिएको हो । नेपाली सेनाका अनुसार आगलागीबाट कुनै पनि मानविय क्षति भने भएको छैन् ।
यसअघि पनि आगलागी नियन्त्रण गरेर नागरिकको जीवन रक्षा गर्ने कार्यमा नेपाली सेनाले भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्