रामेछापका कांग्रेस नेता एवं पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी



३१ वैशाख, काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको पक्षमा लागेर विचौलियाको भूमिका निर्वाह गरेका घटनामा अनुसन्धान सुरु भएपछि शेर्पा फरार भएका छन् । रामेछाप निवासी शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप उनीमाथि लागेको छ । शेर्पा २०७० सालाको निर्वाचनमा रामेछापबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्