टोप बहादुर रायमाझी पक्राउ



३१ वैशाख, काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कम गिरीले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार अपराध अनुसन्धन महाशाखाबाट खटिएको पप्रहरी टोलीले रायमाझीलाई पक्राउ गरेको हो । पक्राउ परेका रायमाझीलाई अहिले काठमाडौं परिसर लगिदै छ ।
नीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्