कांग्रेस रामेछापका नेता एवं पूर्वसभासद् आङटावा शेर्पा आफै पुगे प्रहरी कार्यालय



जेठ १, काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलिको भूमिका निर्वाह गरेको भन्दै फरार रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व सभासद् आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । प्रहरीले अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएसँगै शेर्पा आज आफै प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्